पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार तीन जना घाइते
पाल्पा | चैत २९, २०८०
पाल्पाः पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका छन् ।
स्याङ्जाको चापाकोटबाट रामपुर–७ रातमाटातर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गइरहेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले बिहीबार दिउँसो ठक्कर दिएको थियो ।
घाइते हुनेमा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, स्कुटरमा सवार रामपुर नगरपालिका वडा नं. ७ रातमाता पाल्पाका ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ बस्ने शान्ता श्रेष्ठको ७ वर्षीय छोरा संस्कार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।
घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

